नवलपरासीमा नेपालकै सबैभन्दा ठुलो ताजिया हेर्न यतिबेला दर्शनार्थीको घुईचो
नवलपरासीमा नेपालकै सबैभन्दा ठुलो ताजिया बनाईएको दाबी गरिएको ताजिया लागेको छ । यस वर्ष जिल्लाको भुजहवामा सम्भबत नेपालकै सबै भन्दा ठुलो ताजिया बनाइएको दाबी गरिएको हो । १ सय २५ फिट अग्लो, ८५ फिट चौडाई रहेको ताजिया हेर्न नवलपरासी रुपन्देही कपिलबस्तु सहित छिमेकी सिमावर्ती भारतिय दर्शनार्थीको घुईचो लागेका छ । २ हजार ५ सय वटा बाँस, १ कुउन्टल काटी, ५० किलो तार, ८५ रिम कागज लगाई ५५ खण्डमा ताजिया तयार बनाइएको स्थानिय ताजिया मिस्त्री फरजुल्लाह डफालीले बताउनुभयो । ताजियालाई निर्माण गर्दा ३ जना मिस्त्री सहित १० जना कामदार मिली एक वर्षमा तयार गरिएको मिस्त्री डफालीले बताउनु भयो । मुस्लिम समुदायको तेश्रो महान पर्व महोरम्मको अवसरमा नवलपरासीमा को भुजहवामा शनिबारबाट संचालीत ताजिया मेला मा सो तजिया निमार्ण गरि राखिएको छ । ताजिया मेला तिन दिनसम्म चल्ने छ । ताजिया मेलामा थकरी, ढाँकतासा, लाठीभाला प्रतियोगितमा समेत संचालन गरिएको छ । यसैगरी जिल्लाको सबैभन्दा ठुलो ताजिया सिमा क्षेत्र महेसपुरमा पनि दर्शनार्थीहरुको भिडभाड बढेको छ । ११ महिनाको समयमा ७ लाख रुपैया खर्च गरि तयार ताजिया को खण्ड पत्ता लगाईदिने दर्शनार्थीलाई पुरस्कार राखिएको छ । आरबी तारिखको पहिलो महिना मोहर्रमुल हरामको १० तारिखका दिन मुस्लिम धर्मगुरु (हजरत) ईमामे हुसैनले आफनो घरपरिवार सहित ईस्लाम धर्मलाई बचाउनका लागि शहिद भएकाले उनको सम्झनामा ताजिया बनाई दर्शन गर्ने गरिएको छ ।
तपाइँको प्रतिक्रिया