नवलपरासीमा पनि नेपाल भारत सिमामा नाका बन्दी

पुरुषोत्तम सुबेदी
परासी , १० असोज । जारी संबिधान प्रति असहमती जनाउदै नवलपरासीमा पनि आजदेखी नेपाल भारत सिमा नाकामा संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले अबरोध सृजना गरेका छन् । मोर्चाका कार्यकर्ताहरुले नेपाल भारत नाकाको महेशपुर र त्रिबेणी नाका अबरोध सृजना गरी नाकाबन्दी समेत गरेका छन् । मोर्चाका कार्यकर्ताहरुले नेपाल भारत सिमा क्षेत्रमा धर्ना दिएर भारतबाट प्रबेश गर्ने सबै सवारी साधानलाई आवागमनमा रोक लगाएका हुन् । नवलपरासीको सिमावर्ती महेशपुर र त्रिबेणी नाकामा मोर्चाका कार्यकर्ताहरुले आजबाट अनिश्चितकालीन नाका बन्द गरी सवारी साधान आवागमनमा ठप्प पारेका छन् । जसका कारण नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयमा राजश्व संकलन समेत ठप्प हुन पुगेको छ ।
महेशपुर नाका भारतको कलकत्ताबन्दगाहा बाट सबै भन्दा नजिकको नाका हो । यसरी नवलपरासीको नेपाल भारत सिमा नाकामा मोर्चाका कार्यकर्ताहरुले नाका ठप्प पारेपछि सिमावर्ती नेपालीस्थानियहरुले असहजताको महशुस गरेका छन् ।
तपाइँको प्रतिक्रिया