नवलपरासीमा पनि माओवादी केन्द्रको एकता भेला तिब्रता

नवलपरासी ७,एकीकृत नेकपा माओवादी एवं अन्य दश वटा माओवादीहरुको पछिल्लो समयमा भएको एकता पछि बनेको माओवादी केन्द्र नवलपरासीले अहिले गाउ गाउमा एकता भलालाई तिब्रता दिएको छ । विभिन्न सामयमा माओवादी पार्टीबाट फुटेर गएका मात्रिका यादव नेतृत्वको माओवादी, रामबहादुर थापाको नेतृत्वको क्रान्तिकारी माओवादी, मणी थापा लगाएतका माओवादी नेताहरुको नेतृत्वमा रहेका दश वटा माओवादी पार्टीहरुले केन्द्रमा एकताको घोषणा गरे पछि अहिले नवलपरासी जिल्लामा पनि माओवादी केन्द्रले एकता भेलामा तिब्रता दिएको माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं नवलपरासी जिल्ला ईन्चार्ज घनश्याम यादवले बताउनु भएको छ । यसरी एकता भेलाको कामलाई तिब्रता दिने क्रममा माओवादी केन्द्र नवलपरासीले आज प्रतापपुर एवं वर्दघाट नगपालिका लगाएतका नगर एवं गाविसहरुमा एकता भेला सम्पन्न गरेको जनाएको छ । आगामी भदौ १० गते सम्म जिल्लाको एकता भेला सकिसक्नु पर्ने जिल्ला समितीको निर्णय भए अनुसार माओवादी केन्द्रले गाउ गाउमा एकता भेला सहित गाउ अधिवेशन आयोजक समिती समेत गठन गर्दै सांगठनिक कामलाई तिब्रता दिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं नवलपरासी जिल्लाका संचार विभागका संयोजक गोपी ज्ञवालीले बताउनु भयो । संयोजक ज्ञवालीका अनुसार नवलपरासी जिल्लालाई भौगलिक रुपमा विभाजित भएर दाउन्ने देखी पश्चिमको भुभागलाई भिन्दै जिल्ला मानेर माओवादी केन्द्रले पार्टी कमिटीको नयां संरचना अनुसार परासी क्षेत्रलाई सातवटा ईलाकाम विभाजित गरि ंसंगठनिक काम गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया