नवलपरासीमा पराल तथा भुस ब्यवसाय संकटमा

पुरुषोत्तम सुबेदी, नवलपरासी , १ कार्तिक । नवलपरासीमा यतिबेला पराल तथा भुस ब्यवसाय संकटमा परेको छ । नेपालको सबैभन्दा ठुलो गैडाकोटमा रहेको भृकुटी कागज कारखाना बन्द भएपछि पराल तथा भुस ब्यवसाय संकटमा परेका हो । पराल तथा भुसको ढुवानीमा राज्य र गैह्रराज्य तर्फबाट दुख दिने काम भएको ब्यवासायीहरुले गुनासो गरेका छन् ।देशकै सबैभन्दा ठुलो कागज कारखाना बन्द भएपछि अन्य साना कागज कारखाना मात्र सामान्य अवस्थामा सचालन रहेका कारण पराल तथा भुसको आवश्यकता कम भई ब्यवसाय संकटमा परेको ब्यवासायीहरुले बताएका छन् ।
राज्यले भएको देशको सबैभन्दा ठुलो भृकुटी कागज कारखाना तत्काल संचालनमा ल्याउनुपर्ने पराल तथा भुस ब्यबशायीहरुले सुझाब दिएका छन् ।
नवलपरासीमा भृकुटी बाहेक एमके पेपर उद्योग हाल संचालनमा छ । जिल्लामा एक सय बढी पराल तथा भुस ब्यवसायीहरु रहेका छन् । (रासस)
तपाइँको प्रतिक्रिया