नवलपरासीमा बन्द खुकुलो पारेपछि सर्बसाधारद्धारा राहतको महशुस

पुरुषोत्तम सुबेदी,परासी , २९ असोज । नवलपरासीमा लगातार ७० दिनको निरन्तरको बन्द आबहा्न पछि मधेशी मोर्चाले बन्दलाई केही खुकुलो पारेपछी सर्बसाधारणले केही राहतको महशुस गर्न थालेका छन् । उद्योग बाणीज्य संघको पहलमा आन्दोलरत मधेशी मोर्चाले बजार र साना सवारी साधन खोल्न दिने सहमती जनाएपछि स्थानियहरुले केही भएपनि राहत महशुस गर्न थालेका हुन् । मोर्चाको लामो बन्दपछि बिहीबारबाट मोर्चाले दिउसो १२ बजेपछि स्थानिय बजार खुल्ने र साना सवारी साधन संचालनमा आउन दिएपछि सर्बसाधारणले केही राहतको महशुस गर्न थालेका छन् । मोर्चाले गरेको लामो बन्दका कारण जिल्लाको सदरमुकाम परासी सहित अधिकाशं सबै ग्रामीण क्षेत्रमा करिब ७० दिन देखी यातायात , उद्योग ब्यवसाय , निजी बैक तथा बित्तिय संस्थाहरु प्रभाबीत बन्दै आएका थिए । यद्यपी मोर्चाले बन्दलाई खुकुलो पारेको जनाएपनि सदरमुकाम परासी बजार सम्म मात्र साना सवारी साधन संचालनमा आएपनि सदरमुकाम परासी दक्षिण क्षेत्रमा अझै पनि सहज रुपमा मोटरसाईकल बाहेक अन्य सवारी साधन संचालनमा आउन सकेका छैनन् । (रासस)
तपाइँको प्रतिक्रिया