नवलपरासीमा भेटीयो नेपालमा नै सवैभन्दा ठुलो फलाम खानी

नवलपरासी ,चैत्र ३,नवलपरासीमा नेपालमा नै सवैभन्दा ठुलो फलाम खानी भेटीएको छ । खानी भेटीएपछी नवलपरासीको धौवादीमा खानी तथा भूगर्भ विभागका जियोलोजिष्टहरु बिस्तृत अध्ययनका लागि खटिएका छन् । एकै ठाउँमा २० करोड टन फलामको सम्भावना भेटेका थिए । विभागले यो खानीको विस्तृत अन्वेषण र उत्खननका लागि काम गरेको हो । नवलपरासीमा नेपालमा नै सवैभन्दा ठुलो फलाम खानी धौवादीबाट नेपालको वर्षौंसम्मको आवश्यकता पूर्ति हुने खानी तथा भूगर्भ बिभागले जनाएको छ । एक सय हेक्टर क्षेत्रफल भित्र चालु बर्षको अन्तिम सम्ममा डिटेल सर्भे सक्ने गरी काम भइरहेको खानी तथा भूगर्भ बिभागका महानिर्देशक सर्वोजितप्रसाद महत्तोले बताए । धौवादी र धौवादीकै पोखरीमा समेत उत्खलनका बारेमा अध्ययन भइरहेको छ । जसका लागि एक हप्ता अगाडि देखि जियोलोजिष्टद्धय नारायण बाँस्कोटा र नरेश महर्जन काममा खटिएका छन् । उनीहरुले एक महिना लगाएर यहाँ काम गर्नेछन् । धौबादीको फलाम गुणस्तरीय रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । विस्तृत अध्ययनबाट उत्खनन सम्भावना र लागतको हिसाब आएपछि आर्थिक लाभको दृष्टिले यो खानी कत्तिको लाभदायक छ भन्न सकिने महानिर्देशक महत्तोले बताए । सम्भावना देखिएका ठाउँहरूमा पनि कति परिमाण र कुन गुणस्तरको फलाम छ भनेर अध्ययन हुन सकेको छैन । कमसल धाउ ९पगालेको कच्चा फलाम० सिमेन्ट उत्पादन तथा भाँडाकुँडा बनाउन प्रयोग हुने कीटका रूपमा उपयोग हुन्छ भने राम्रो र बढी प्रशोधन गरिएको फलाम स्पात, स्टील, छड इत्यादि बन्छ । सिमेन्टको क्लिङ्कर उत्पादन नेपालमै शुरू भए पनि धाउका लागि भारतमै निर्भर हुनुपरेको छ ।
तपाइँको प्रतिक्रिया