नवलपरासीमा मोर्चाद्दरा विरोध प्रदर्शन

नवलपरासी, ३१ चैत्र । नवलपरासीमा मोर्चाले विरोध प्रदर्शन गरेको छ । संयुक्त लोक्तानित्रक मधेशी मोर्चाले र्याली निकाल्दै विरोध प्रदर्शन गरेको हो । तमलोपाको पार्टि कार्यालय बाट निकालिएको विरोध र्याली परासीको बुद्धचोक हुदै जिल्ला प्रशासन को अगाडि गएर नारावाजि गरेको थियो । तमलोपा नवलपरासीका कार्यवाहक अध्यक्ष पुरन चौधरीको नेतृत्वमा निकालालिएको विरोध ¥याली जिल्ला प्रशासन बाट फर्केर बुद्धचोकमा कोण सभा गरेको थियो ।
कोण सभालाई सम्बोधन गर्दै तमलोपाका कार्यवाहक अध्यक्ष पुरन चौधरीले सिमांकन सहितको संविधान संसोधन नभए सम्म निर्वाचनमा भाग नलिने बताउनु भएको छ । मधेशीको हक अधिकार संविधानमा सुनिश्चित नभए सम्म मधेशमा कुनै निर्वाचन हुन नदिने र प्रतिकार गर्दे विरोध समेत गर्ने चौधरीले भन्नु भएको थियो । तिन ठुला दल एमाले, कांग्रेस र माओवादि ले मधेशी समुदाय लगायत पछाडि पारीएका सामुदयहरुको अधिकार नदिने खोजे आरोप समेत चौधरीले लगाएका थिए । त्यस्तै आन्दोलनरत मधेशी मोर्चाको केन्द्रिय निर्देशन अनुसार आज विरोध प्रदर्शन गरीएको र वैशाख ३ गते मोर्चाले निर्वाचन कार्यालय घेराउ गर्ने मोर्चाले जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया