नवलपरासीमा राष्ट्रिय स्तरको राईनो गोल्डकप फुटवल प्रतियोगिता आइतबारबाट शुरु

एक सिगें गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ राष्ट्रिय स्तरको राईनो गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ । नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितीको आयोजनामा सुरु भएको उद्घाटन खेलमा लिस्नु युवा क्ल्व रुपन्देही विजयी भएको छ । तनहु ११ लालाई शुन्यका विरुद्ध १ गोल गर्दै लिस्नु क्ल्वले विजयी सुरुवात गरेको हो । प्रतियोगीता अन्र्तगत आज योङ स्टार क्ल्व नवलपरासी र भरतपुर ११ विच खेल हुने छ । प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही , कास्की , काडमाण्डौ , पाल्पा, मकवानपुर सहितका जिल्लाहरुबाट १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख १५ हजार ५ सय ५५ रुपैया , द्धीतीय हुनेले ६० हजार ५ सय ५५ रुपैया प्रँप्त गर्नेछन्। प्रतियोगितामा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय , बन मन्त्रालय , राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग , चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिती , जिविस नवलपरासी , जिल्ल फुटवल संघ नवलपरासी , डब्लु डब्लु ,एफ , तालले प्रायोजन गरेका छन् ।
तपाइँको प्रतिक्रिया