नवलपरासीमा लामो समयको खडेरीले किसानले लगाएको मकै सुके

सावित्री रेग्मी ,
नवलपरासी ,जेठ २ ।लामो समय सम्म परेको खडेरीले अधिकांस किसानले लगाएको खेतिपाति नष्ट पारेको छ । खेति पाती लगाए पछि पानी नपर्दा चैतमा किसानहरुले लगाएको मकै सुकेर नष्ट भएको हो ।लामो समय सम्म खडेरी पर्यो त्यसपछि पानी परेको भएपनि मकै सुकेर नष्ट भईसकेको हुदां पछि परेको पानीले समेत मकैलाई कुनै फाईदा नपुर्याएको किसानहरुको गुनासो रहेको छ । गैडाकोट नगरपालीका १५ का अधिकांस किसानहरुले लगाएको मकै खेति नष्ट भएको छ । यसरी खडेरीले मकै सुकेपछीे खेत ठेक्का लिएर मकै खेती गर्ने किसानहरु चिन्तित भएका छन् । लामो समय देखीको खडेरीका कारण किसानहरुले आफुले लगाएको मकै बेचेर घरव्यवहार चलाउने आश गरेका किसानहरु, खडेरीले खेति नष्ट गरेपछि अव साहुलाई कसरी पैसा तिर्नेे,घरव्यवहार कसरी चलाउने भन्ने पिरलोमा परेको स्थानिय सन्तुमायां रानाभाट वताउंछिन । उनले आफ्नो घर खर्च खेतिपाती गरेर नै चलाउंदै आएकी थिईन । तर यसपालीको खडेरीले उनले १० कठ्ठामा लगाएको सवै मकै नष्ट भएको छ । मकै वेचेर घर खर्च चलाएकि रानाभाटलाई यसपाली घाटा ब्यहोर्नु परेको र अव घर खर्च कसरी चलाउने भन्ने समस्याले पिरोलेको उनि बताउंछिन ।सोहि गाउंमा नै वस्दै आएकी अर्कि सावित्री सापकोटाले १५ गठ्ठामा लगाएको मकै खेति पनि यसपालीको खडेरीले नष्ट गरेकोे छ । यसरी मकै बेचेर घरब्यवहार चलाउंदै आएका किसानहरु मकै उम्रने वित्तिकै खडेरीले खाएपछि समस्यामा परेका छन । गाई बस्तुलाई दाना चापटको सट्टामा प्रयोग गर्दै आईरहेका किसानहरु अव महगो दाना चापट किनेर कसरी खुवाउने भन्ने पिरलोमा परको उनि वताउंछिन ।लामो समयको खडेरीले गर्दा मकै सुकेर पनि मरिसकेको छ । मकै बेचेर बिऊ बिजन किन्ने गरेका किसान यसपालिको खेति वाट भने घाटा मात्र ब्यहोर्न परेको गुनासो गरेका छन । यसरी नै गाउंमा सिचाईको कुनै सुविधा नभएको र लामो खडेरीका कारण अधिकांस किसानहरुले लगाएको यसपालीको मकै खेति नष्ट भएको छ ।
तपाइँको प्रतिक्रिया