नवलपरासीमा सर्पको टोकाईबाट महिलाको मृत्यु

नवलपरासी , ११ असोज । नवलपरासीमा सर्पको टोकाईबाट आज एक महिलाको मृत्यु भएको छ । पहाडी डेढगाउँ ६ निवासी कमला फाललाई घरमै सर्पले टाकेको थियो । फालको उपचारको क्रममा पोखरामा अवस्थित मणीपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्राथमिक स्वास्थ्य चौकी डेढगाउँ अन्तर्गत रहेको बालघाट सामुदायीक स्वास्थ्य ईकाईको ईन्चार्ज एवंम् डेढगाउँ ६ का स्थानियबासी बिर बहादुर बिसीले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया