नवलपरासीमा सवारी दुघना १६ जना घाइते , ५ को अवस्था गम्भिर

फाल्गुन ५ कावासोती,पुर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोती जंगलमा तिन वटा सवारीसाधन एक आपसमा ठक्कर खादा १६ जना घाईते भएका छन् । नारायाण्गण वाट डण्डा आउदै गरेको ना २ ख ७९०८ नम्बरको वस अनियन्त्रित हुदा ना ५ ख ५००६ र ना १ प ४८०० नम्बरको अर्किड कलेजको वस संग ठक्कर खादाँ सो दुर्घटना भएको हो । ना २ ख ७९०८ नम्बरको लोकल बसका चालक दलदलेमा झरेर सहचालकलाई सवारी चलाउन दिएपछी दुर्घटना भएको घाईते विन्दु भुर्तेलले वताउनुभयो । घाईते मध्य ४ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि भरतपुर लगिएको र अन्य घाईतेको नवलपुर अस्पताल कावासोतीमा उपचार भईरहेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया