नवलपरासीमा सि.के. राउतका २२ जना कार्यकर्तालाई प्रहरीले पक्राउ

वृजराज कुशवाहा कार्तिक ७ गते , नवलपरासीमा सि.के. राउतका २२ जना कार्यकर्तालाई तालिम संचालन गरिरहेको अवस्थामा नवलपरासी प्रहरीले आइतवार विहान परासीबाट पक्राउ गरेको छ । स्वतन्त्र मधेश अभियानको नाममा मधेश लिडरसिप तालिम संचालन गरिरहेका २२ जनालाई आइतवार विहान परासी स्थित होटल रोयल परासीबाट पक्राउ गरिएको एस.पी. राजेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो ।उहाले उनीहरुका कारणले अस्थिरता उत्पन्न हुने भएकाले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा स्वतन्त्र मधेश अभियान के नवलपरासी संयोजक मदन यादव, उपाध्यक्ष बाल गोविन्द चौधरी, रुपन्देही संयोजक भुपेन्द्र यादव, ईन्जिनियर दिपक शाह, कन्हैया चारजभर, दिलिप यादव, विकास लोध, शिव सहानी, सचिव रुदल हरिजन, चन्दन मिश्रा र ओमप्रकाश पासवान लगायतका रहेका छन् ।
तपाइँको प्रतिक्रिया