नवलपरासीमा स्थानिय निर्वाचनको तयारी चल्दै , मतदाता शिक्षकहरुलाई प्रशिक्षण गराइदै

बिबेक भण्डारी २७ , १९ वर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचनको तयारी तिब्र रुपमा भइ रहेको जिल्ला निर्वाचन कार्यलय नवलपारसीका अधिकृत अयोद्याप्रसाद भण्डारीले जानकारी गराउनुभएको छ । ८ गाउपालीका र ७ नगरपालिका रहेको नवलपरासीमा निर्वाचन अधिकृतको कार्यलय खुल्ने अवस्थामा रहेको र निर्वाचन अधिकृतहरु नियुत्ति लगायतका कार्यहरु भइ रहेको भण्डारीले बताउनुभयो । निर्वाचन कार्यलयबाट मतदाताहरुको नामावलि नआइ सकेको हुदा नामावलि आए पश्चातका कार्यहरु अगाढि बढाइने जानकारी गराउर्दे जिल्लामा ४ सय ५९ मतदान केन्द्रमा मतदाता शिक्षा कार्य कर्ता खाटाइने बताउनुभयो । चुनाव नजिकिदै जादा जिल्ला निर्वाचन कार्यलययले २२० देखि २२५ जना मतदाता शिक्षकहरुलाई प्रशिक्षण गराइ रहेको र अब प्रशिक्षणको कार्यक्रम लागि अन्तिम रुप दिदै मतदान केन्द्रमा खटाइने र कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरुलाई प्रशिक्षण दिन खटाइने बताउनुभयो । जिल्ला निर्वाचन कार्यलय नवलपरासीका अधिकृत भण्डारीका अनुसार जिल्लामा आफुहरुले सदर मतपत्र बढाउने र बदर मतपत्र घटाउने तर्फ लागि पर्ने बताउनुभयो । स्थानिय चुनाव नजिकिदै जादा जिल्लामा विभिन्न राजनितिक पार्टि देखि वडा अध्यक्ष गठन गर्न भ्याइ नभ्याइ भएको देखिएको छ ।
तपाइँको प्रतिक्रिया