नवलपरासीमा स्वास्थ्य क्षेत्र नराम्ररी प्रभाबीत

पुरुषोत्तम सुबेदी,नवलपरासी , १९ मङ्सिर । नवलपरासीमा स्वास्थ्य क्षेत्र नराम्ररी प्रभाबीत बन्दै गएको छ । जसका कारण जिल्लाका सरकारी र निजी स्वास्थ्य संस्थाहरुमा अत्यआवश्यक औषधीहरुको चरम अभाब कायमै छ । भने प्रयाप्त ईन्धनको अभाबमा सहज रुपमा एम्बुलेन्स सेवा संचालन हुन नसक्दा बिरामीहरुले तत्कालै जिल्ला बाहीरका स्वास्थ्य संस्थाहरुका जानुपर्दा निकै समस्या देखिएको हो । भारतको ओघोषीत नाका बन्दी र तराईमा जारी आन्दोलन कारण स्वास्थ्य क्षेत्रमा समस्या हुदै गएको छ । जिल्लाका सरकारी स्वास्थ्य संस्थाहरुमा सरकारले निशुल्क रुपमा प्रदान गर्ने करिब ७० प्रकारका औषधीहरु मध्ये जम्मा ५ देखी ७ वटा औषधी मात्र सहजै रुपमा पाईने गरेका छन् । अझं बढी अक्शीजन , गर्भवती महिलालाई प्रयोग गरिने सुईहरुका चरम अभाब भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एवं्म जिल्ला पृथ्बी चन्द्र अस्पतालका प्रमुख डा. मोहमद नुरुल होलाले बताउनुभयो ।यसरी जिल्लाका स्वास्थ्य संस्थाहरुमा अधिकाशं अत्यआवश्यक औषधीहरु पाउन छाडेका छन् । यद्यपी केही निजी स्वास्थ्य संस्थाहरुमा केही औषधी पाएपनि महगो मुल्य तिरेर बिरामीहरु उपचार सेवा लिन बाध्य भएका हुन् । गाउंगाउंमा रहेका स्वास्थ्य चोकीहरु बिरामीहरु उपचार सेवा लिनआएपनि औषधी अभाबमा उपचार सेवा पाउंन बांट बंन्चित भएको पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रका सिएमए सुरेन्द्र कुमार शाहाले बताउनुभयो । जिल्लामा १ जिल्ला अस्पताल , ५ प्राथमिक स्वास्थ्य केन्द्र , र ७१ वटा स्वास्थ्य चौकी रहेका छन् । यस बाहेक निजी क्षेत्रका ५ ठुला अस्पताल र दर्जनौ स्वास्थ्य क्लिनीहरु छन् ।
तपाइँको प्रतिक्रिया