नवलपरासीमा २ वटा नगरपालीकाले आफ्नै भवन निमार्ण

पुरुषोत्तम सुबेदी , नवलपरासी १५ वैशाख । नवलपरासीको नयां ६ वटा नगरपालीका मध्ये २ वटा नगरपालीकाले आफ्नो कार्यालय भवन निमार्ण सुरु गरेका छन् । जिल्लामा थप गरिएको ६ वटा नगरपालीका मध्ये बर्दघाट र गैडकोट नगरपालीकाले यसै आर्थिक बर्षमा कार्यालय भवन निमार्ण पुरा हुने गरी निमार्ण काम सुरु गरेका हुन् ।जस अन्तर्गत बर्दघाट नगरपालीकाले अहिले हाल रहेको कार्यालय स्थलमै नयां भवनको निमार्ण थालेको छ । अहिलेसम्म सो भवनको जग निमार्ण , चौतर्फी वाल निमार्ण लगायतका काम पुरा भएको छ ।कार्यालयको भवन निमार्ण तर्फ हालसम्म करिब १ करोडको निमार्ण काम पुरा भएको छ , नगरपालीकाका कार्यकारी अधिकृत बोधराज बस्यालले भन्नुभयो “ चालु आर्थिक बर्ष २०७२ । ०७३ मै करिब ३ करोडको लागतमा भवन निमार्णका काम पुरा गर्ने लक्ष्य लिईएको छ ।
यसैगरी गैडकोट नगरपालीकाले पनि भवन निमार्णका लागी अहिले सम्म जग निमार्ण गरी अन्य कामको थालनी गरीसकेको छ । कार्यालयका योजना शाखा प्रमुख सुमन कोईरालाका अनुसार अहिले सम्म करिब ५० लाखको लागतमा काम पुरा भएको छ चालु आ.ब. २०७२ । ०७३ मै करिब २ करोडको लागतमा भवन निमार्णका काम पुरा गर्ने लक्ष्य लिईएको छ ।
नवलपरासीमा पुरानो नगरपालीका रामग्राम र बाकी नयां गरी सुनवल , बर्दघाट , बन्दबिन्दु , कावासोती , दबचुली , गैडाकोट गरी ७ वटा नगरपालीका छन् । जसमध्ये रामग्राम पुरानौ नगरपालीका हो । भने मध्यबिन्दु सबैभन्दा नयां नगरपालीका हो ।
रामग्राम नगरपालीकाको यस अगाबै सुबिधा सम्पन्न कार्यालय भवन निमार्ण भईसकेको छ ।
तपाइँको प्रतिक्रिया