नवलपरासी खुल्ला दिशा मुक्त घोषणा भएको एक वर्ष पुरा

मोहन पौडेल,
परासी १५ असार । नवलपरासी जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गरेको आज एक वर्ष पुरा भएको छ । गत वर्ष असार १५ गतेका दिन तत्कालीत उपराष्ट्रिपति परमानन्द झाले तराईको दोस्रो र नेपालको २६ खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्नुभएको थियो । खुल्ला दिशा मुक्त घोषणा गरेको एक वर्षको अवसरमा सामुदायिक रेडियो परासीले प्रकाशन गरेको खानेपानी र सरसफाईमा हाम्रो प्रतिवद्धता नामक सरसफाई बुलेटिनको आज एक भव्य समारोहका विच विमोचन गरिएको छ ।सामुदायिक रेडियो परासीले प्रकाशन गरेको उक्त बुलेटिनको आज विहान सामुदायिक रेडियो परासीकै सभाहलमा आयोजना गरिएको एक कार्यक्रममा नवलपरासीका स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पोैडेलले विमोचन गर्नुभएको हो । उहाँले जिल्ला लाई खुल्ला दिशा मुक्त घोषणा गर्न र अव पुर्ण सरसफाई जिल्ला बनाउन पनि सामुदायिक रेडियो परासीले गरेको कार्यहरुको उच्च प्रसंसा गर्नुभयो । उहाँले रेडियो परासीबाट अन्य मिडियाहरुले सिक्नु आवश्यक रहेको बताउनुभयो ।
खुल्ला दिशा मुक्त घोषणा भईसकेको नवलपरासी जिल्लालाई अव पुर्ण सरसफाई युत्तः जिल्ला बनाउने अभियान अन्तरगत जिल्लामा खुल्ला दिशा मुक्त घोषणा कार्यान्वयनको अवस्था, जिल्लाको खानेपानी र सरसफाईको अवस्था, चुनौति र अवको कार्य लगायतका विषय समेटिएको बुलेटिनको यो तेस्रो अंक हो । सामुदायिक रेडियो परासीले प्रत्येक वर्ष राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा उक्त बुलेटिन वार्षिक रुपमा प्रकाशन गर्दै आएको छ ।
सो अवसरमा खुल्ला दिशा मुक्त र पुर्ण सरसफाई जिल्ला बनाउने अभियानमा रेडियो कार्यक्रम मार्फत महत्वपुर्ण योगदान पुराएको भन्दै सामुदायिक रेडियो परासीका कार्यक्रम प्रमुख मालती न्यौपाने लाई सम्मान पनि गरिएको छ । सामुदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा प्रवन्ध निर्देशक मेघराज गौतमले रेडियोले खानेपानी र सरसफाईको क्षेत्रमा गर्दै आएका क्रियाकलापको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनितिक दल, खानेपानी उपभोत्तःा संस्थाहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया