नवलपरासी चितवन पराल तथा भुस ब्यवसायी संघको ११ औैं साधारण सभा सम्पन्न

पौष २५, गैंडाकोट
नवलपरासी चितवन पराल तथा भुस ब्यवसायी संघको समस्याहरु समाधान गर्न गैंडाकोट नगरपालिका हरदम तयार रहेको गैंडाकोट नगरपलिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । समस्याको सम्पूर्ण अवस्था थाहा भएपनि ब्यवसायिहरु नगरपालिकामा आएर आधिकारिक छलफल नभएका कारण समस्या यथावत रहेको उहाँको भनाई थियो । सोमबार गैडाकोटमा भएको संघको ११ औैं साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले यस्तो बताउनुभएको हो ।
सभामा संघका अध्यक्ष नरहरी सापकोटाले नगरप्रमुख अधिकारी समक्ष ब्यवसायीले भोगेका समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो । जसमा ब्यवसायीलाई बाटोमा ढुवानीका क्रममा दिने अनावश्यक दुःख, पार्किङ्गमा दिने दुःख, बिचौलियाको दुःख आदिको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा संघका सचिब गोबिन्दराज आचार्यले सचिबको प्रतिवेदन, कोषाध्यक्ष टेक बहादुर भुजेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी अतिथिहरुलाई संघका उपाध्यक्ष धन बहादुर घिसिङ्गले स्वागत मन्तब्यद्धारा स्वागत गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै दुग्ध सहकारी संघ, नवलपुर तथा मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले किसानका समस्याहरु औल्याउनुभएको थियो ।
कार्यक्रममा गैंडाकोट २ का वडाध्यक्ष, वडा नं. ९ का वडासदस्य ज्ञान प्रसाद खनाल, राष्ट्रिय ब्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे, राष्ट्रिय ब्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाजका चितवनका जिल्ला सचिब ईन्द्रमणी गैरे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा ब्यवसायी दिपक ढकाललाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सल्लाहकार श्यामसुन्दर पराजुलीले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया