नवलपरासी महोत्सवको तिब्र तयारी ,उद्योग मन्त्रिद्धारा उद्धाटन

बिबेक भण्डारी माघ १८,
तेश्रो नवलपरासी महोत्सव २०७२ यहि माघ २६ गते देखि ५ गते सम्म कावासोती नगरपालिका १६ डण्डामा हुने महोत्सवको तयारी तिब्र पारीएको छ । नवलपरासी महोत्सवको नेपाल सरकारका उद्योग मन्त्रि शोमनाथ पाण्डेले गर्नुहुने महोत्सव अतिथी सत्कार संयोजक डासुराज पोख्रेलले जानकारी दिए । महोत्सवमा तेस्रो नवलपरासी डान्स आईडल २०७२को आयोजन गर्ने,ख्याति प्राप्त राष्ट्रिय कलाकारबाट सास्कृतिक कार्यक्रम प्रस्तुत गर्ने,बाल उधान,हेलिकप्टर बाट रुद्रपुर बाट नारायणी नदी सम्मको टुर प्याकेज तगाएत बिबिध झाकी प्रर्दशनि, आदिवासीहरुको कला प्रर्दशनी लगाएत मुख्य आकर्षण रहने जनाईएको छ । स्थानिय राष्ट्रिय एवम अन्तराष्ट्रिय बजारमा उत्पादित बस्तु तथा सेवाको कलात्मक प्रर्दशनी गरी ब्यापक प्रचार प्रसार गर्ने,एक गाउ एक उत्पादनलार्य प्रोत्साहन गर्ने, यहाको कला साहित्य संस्कृति एवम पर्यटकीए स्थलको बिकासमा जनचासो अभिवृद्धि गर्ने लगाएतका महोत्सवको उदेश्य रहेको छ । महोत्सवमा २ सय स्टल रहने छ हाल सम्म करीव १७५ बटा स्टल बुकिङ्ग भै सकेको स्टल संयोजक लाल प्रसाद बरालले बताए । ७५ लाख बराबरको कारोबार गर्ने लक्ष्य रहेको नवलपुर उधोग वाणिज्य संघका अध्यक्ष ओम प्रसाद पौडेलले जानकारी दिए । महोत्सव आयोजन गर्न करीब ४५ लाख खर्च लाग्ने अनुमान गरीएको छ भने महोत्सवमा १ लाख ३० हजार दर्शक भित्राउने लक्ष्य रहेको समेत पौडेलले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया