नवलपरासी र चितवनमा सबारी दुर्घटना तिनको मृत्यु

कावासोती भाद्र ७ ,पूर्व पचिश्मराजमार्गको नवलपरासी गैडाकोट जयश्री पुल नजिक गएराती सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गैडाकोटले दिएको जानकारी अनुसार पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ४ ख ८६२२ नम्बरको ट्रकमा पछाडि ना २३ प ८१७५ नम्बरको मोटरसाईकल ठक्कर खादा सो दुर्घटना भएको हो। दुर्घटनामा परी प्युठान घर भई हाल चितवन बस्दै आएका वर्ष ४४का सुरेस खत्रीको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका खत्रिको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गत हप्ता मात्रै नवलपरासीका विभिन्न ठाउँमा भएका छुट्टा छुट्टै दुर्घटनामा ८ जनाको मृत्यु र दर्जन भन्दा बढी घाइते भएका थिए । उता चितवनको भरतपुरमा मंगलवार बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पोखराबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ३६९३ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ३६ प २२६४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी गैँडाकोट–२ का २९ वर्षीय निराजन न्यौपाने र मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका ३४ वर्षीय तिलक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान १ बजेर ३५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेज अगाडि राति साढे १२ बजे दुर्घटना भएको थियो । दुवैजनाको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ भने बसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया