नवलपरासी र चितवनमा सवारी दुर्घटना २ कों मृतु , १५ घइते

नवलपरासी ५, नवलपरासीको दुम्किवास ५ ज्यामिरेमा लु २ ख १९ नम्बरको जीपले ठक्कर दिँदा २० बर्षीय साइकल यात्रु मनोज कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय नयाँ वेलहानीले जनाएको छ। नवलपरासीकै गैडाकोट-७ मा बस पल्टिँदा १० जना घाइते भएका छन्। घाइतेहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार काठमाडौबाट नेपालगञ्जका लागि छुटेको बा ३ ख ६१ ३९ नम्बरको बस राति १२ बजेतिर पल्टिएको हो। यस्तै, रौतहटको गरुडा-११ जिंगडिया चोकमा गएराती एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। गौरबाट बिरामी लिएर वीरगंजतर्फ जाँदै गरेको ना ३ च ६५ १६ नम्बरको एम्बुलेन्स, मोटरसाइकललाई ओभरटेक गर्न खोज्दा नियन्त्रण गुमाएर पल्टिएको हो। दुर्घटनामा गम्भीर घाइते भएका एम्बुलेन्स चालकलाई थप उपचारको लागि चितवन लगिएको छ भने अन्य सबैको गरुडा स्थित अनामिका अस्पतालमा उपचार भैरहेको रौतहट प्रहरीले जनाएको छ। चितवनको दारेचोक गाविस-४ मुग्लिन बजारमा विहिवारराती भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । यस्तै,
तपाइँको प्रतिक्रिया