नवलपुरका अधिकांश स्थानमा खोप लगाईदै

साउन १ , नवलपुर
पूर्वी नवलपरासीमा विहीबारदेखि कोभिड १९ विरुद्धको खोप भेरोसिल खोप लगाउन शुरु गरिएको छ । बिहीबार गैँडाकोटको विभिन्न खोप केन्द्र बाट खोप लगाईएको थियो भने शुक्रबार नवलपुरका अधिकांश पालिकाले शुरु गरेका छन् । खोप १९ हजार ५ सय जनालाई लगाउने लक्ष्य राखिएको छ । ५५ बर्ष उमेर समूहदेखि माथि, शिक्षक, चालक सहचालक लगायतलाई यस पटक नवलपुरमा खोप लगाइदै छ । तर, खोप केन्द्रमा भिड थामि नसक्नु भएको छ ।
खोप केन्द्रमा विहान १० बजेदेखि खोप लगाइने भनिए पनि विहानै ८ बजेदेखि नै खोप लगाउनेको लाइन लाग्ने गरेको छ । एका तिर खोप लगाउन आउनेको संख्या अत्यधिक भएको छ भने अर्कोतर्फ खोप लगाउन आउनेले सामाजिक दुरी कायम नगर्दा कोरोना संक्रमण फैलन सक्ने जोखिम उत्ति नै बढेको छ । शुक्रबार नवलपुरका देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका लगायतका खोप केन्द्रहरुमा खोप लगाइएको छ ।
गैडाकोट नगरपालिकाले गैडाकोट नगरपालिकालाई उपलब्ध खोप ३ हजार ६ सय २० डोज भेरोसेल खोप पहिलो दिन अर्थात विहीबार नै सकिएको भन्दै सामाजिक सञ्जालमार्फत सूचना छाडेर शुक्रबार अर्थात आज खोप लगाइने कार्यक्रम बन्द गरिएको जनाइएको थियो ।
तपाइँको प्रतिक्रिया