नवलपुरको कावासोतीमा १४ मा ३ हजार मेट्रिक टनको चिस्यान केन्द्र बन्दै , माघ ४ गते शिलन्यास गरिदै

कावासोती, पौष १९
प्रवास बाट आर्जित सिप ज्ञान र पुँजी स्वदेशका लागी भन्ने मुल नाराका साथ स्थापित रिटर्नी कृषि तथा पशुपालन समुह कम्पनी लिमिटेडले तिन हजार मेट्रिक टनको चिस्यान केन्द्रको शिलन्यासको तयारी थालेको छ । चिस्यान केन्द्र निमार्णको सबै प्रक्रिया पुरा गरि यहि माघ ४ गते शिलन्यासको साईत जुरेको रिटर्नी कृषि तथा पशुपालन समुह कम्पनी लिमिटेडका अध्यक्ष नेत्र नारायण थनेतले जानकारी दिनु भयो ।
संघीय सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको २० प्रतिशत सहयोग र बाँकि बिदेश गएर फर्केका देशैभरीका युवाहरुको लगानी रहेको बताईएको छ । २१ करोडको लागतमा चिस्यान केन्द्र निमार्ण हुन लागेको हो । काठमाण्डौं बाहिर पहिलो पटक ब्यवस्थित प्रबिधियुक्त चिस्यान केन्द्र निमार्ण हुने बताईएको छ । चिस्यान केन्द्रमा सिजनमा उत्पादित फलफुल तथा खाद्य बस्तुलाई भण्डारण गरी अफ सिजनमा बजारमा पठाउने बताईएको छ । यसले गर्दा किसानले पनि उचित मुल्य पाउने र पर निर्भरता समेत घट्ने बताईएको छ । १८ कठ्ठा जग्गामा ८ च्याम्बर भएको जमर्नी प्रबिधिमा आधारीत केन्द्र निमार्ण हुँदैछ । जसलाई फरक फरक बस्तुहरु राख्न मिल्ने गरी निमार्ण गरिने छ । केन्द्र कावासोती नगरपालिका १४ मा बन्दै छ । अहिले निमार्ण पुर्वको सबै तयारी पुरा गरि शिलन्यासको काममा अगाडी बढाएको आयोजक संस्थाले जनाएको छ । यस प्रोजेक्टसँग सहकार्य रिटर्नी माईग्रेन्ट नेपालले गरेको छ । चिस्यान केन्द्र सञ्चालन सँगै नवलपुर सहित अन्य जिल्लामा कृषि तथा फलफुलको उत्पादन बढ्ने र बजार समेत बिस्तार हुने छ ।
तपाइँको प्रतिक्रिया