नवलपुरको गैँडाकोटबाट एक युवक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

नवलपुरको गैँडाकोटबाट एक युवक बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ४ शान्तिश्री टोल घर भएका २१ वर्षका डेभिड तिमिल्सिना गत विहिवारदेखि सम्पर्क बाहिर रहेको परिवारले जनाएको छ ।
गैँडाकोटकोे अक्सफोर्ड कलेजमा सिभिल ईन्जिनियरिङ फोर्थ सेमेस्टरमा पढ्दै गरेका उनि हालसम्म परिवारको सम्पर्कमा आएका छैनन् । घरबाट कलेज जान्छु भनेर हिडेका उनि कहाँ गए भन्नेबारेमा हालसम्म केहि खुल्न सकेको छैन । उनले प्रयोग गर्ने गरेको मोबाइल समेत घरमै छाडेर गएको आमा सुस्मा तिमिल्सिनाले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय गैँडाकोटले डेभिड तिमिल्सिना हराएको भन्दै खोजीका लागि परिवारको तर्फबाट निवेदन प्राप्त भएको जनाएको छ । प्रहरी वरिष्ठ नायव निरिक्षक माेहन थापाले सम्भावित स्थानहरुको पहिचान गर्दै खोजिकार्य अगाडि बढाएको भएपनि हालसम्म अवस्था पत्ता लगाउन नसकिएको जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया