नवलपुरको दाउन्ने सडक खण्डमा वन अतिक्रमण तिब्र

भदौ १ , नवलपुर
नवलपुरको दाउन्ने सडकखण्डमा वन अतिक्रमण तिब्र भएको छ । सडक छेउमा तलैदेखि जंगल क्षेत्र नास गरी होटलहरु बनाउने क्रम तिब्र भएको छ । स्थानिय बिनय त्रिबेणी गाउपालिकाले सो क्षेत्रको अतिक्रमण रोक्न केहि प्रयास र पहल गरेको देखिँदैन् । दाउन्ने क्षेत्रमा रहेका सबै जसो होटलहरुले जंगलक्षेत्रलाई नास गरी ठूला ठूला भौतिक संरचना बनाउन थालेका छन् । वन क्षेत्रमा रहेका बिरुवा तथा सालका रुखहरुलाई नै नासिने गरी भिरालो वन क्षेत्रमा तलैदेखि पिल्लर उठाएर ४ ५ तले भवन बनाएका छन् ।
यसरी बन क्षेत्र अतिक्रमण र मासिने क्रम तिब्र हुँदा पनि त्यसलाई नियन्त्रणमा लिन र अक्रिमण गर्ने हरुलाई कारबार्ही गर्न स्थानिय सरकारले कुनै चासो दिएको देखिदैन् । त्यस्तै जिल्ला वन कार्यालय नवलपुरले पनि त्यहाँको अतिक्रमित क्षेत्र देखेको नदेखेई गरेको छ ।
त्यहाँका ३ दर्जन बढि सबै जसो ब्यवसायीहरुले त्यहाँ ठुला ठुला घर हरु बनाएर वन क्षेत्र अतिक्रमण गरेका छन् । सार्वजनिक जमिन ओगटेर ठूला ठूला महल बनाएर ब्यापार गरेका ब्यवसायीहरुले राज्यलाई कर समेत नतिर्ने गरेको बताइएको छ । होटलहरुले दर्ता बिना पनि त्यहा मदिरा समेत बिक्री गर्ने गरेका छन् । त्यस्तै त्यहाँका होटल ब्यवसायीले होटल बाट निस्किने सिसा तथा अन्य फोहोर समेत त्यही जंगल क्षेत्रमा फाल्ने गरेका छन् । जसले गर्दा त्यो क्षेत्र कुरुप बनेको छ भने त्यसले बन्य जन्तुलाई समेत असर गर्ने गरेको संरक्षण कर्मीहरुले बताएका छन् ।
त्यहा ब्यवसाय गर्ने ब्यवसायीलाई राजस्वको दायरामा ल्याउनु पर्ने र अतिक्रमण रोक्नु पर्ने संरक्षण कर्मीहरुको भनाई छ ।
तपाइँको प्रतिक्रिया