नवलपुरको मध्यविन्दु नगरपालिकामा महान ब्याक्तित्व अरविन्दको १५० औं जन्मजयन्ती र कृष्ण जन्माष्टमी मनाइयो

पबित्रा पराजुली
नवलपुर भदौ ०३
नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका मा महान ब्याक्तित्व अरविन्दको १५० औं जन्मजयन्ती र कृष्ण जन्माष्टमी मनाइएको छ।
शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्रि कृष्णचन्द्र नेपालीको प्रमुख आतिथ्यतामा समारोह मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथी नेपालीले । गण्डकी प्रदेशको पर्यापर्यटन विकासका लागी प्रदेश सरकार छलफलमा रहेको बताउनुभयो ।
मुख्यमन्त्रि हुँदै गर्दा समेत विविध कारणले सोचेअनुरुप कार्य गर्न नसकेको स्विकार्नुभयो ।
कार्यक्रममा नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारिले सस्कृत शिक्षा लाई जोगाउनुपर्ने बताउनुभयो ।
बालबालिकालाई बिद्यालय हाता भित्र आरबिन्द योग मन्दिरको जस्तै शिक्षा सिकाउन आवस्यक रहेको बताउनुभयो ।बालबालिकालाइ ब्यबहारिक शिक्षा बाट अगाडी बढाउनुपर्ने उहाँको भनाइ रहेको थियो ।
यस्तै स्वामि रामचन्द्र दासले महान आदर्श ब्यक्तित्व अरविनको चर्चा गर्नुभएको थियो । जन्म ,गरेका कार्य,भोगेका दुख, प्राप्त गरेका सफलता , मातृभुमी प्रतीको मोह का बारेमा दासले बताउनुभएको थियो । उहाले अहिलेको पुस्तालाइ मातृभुमी प्रती माया नभएको गुनासो समेत पोख्नुभयो । सेवानै धर्म भएको भन्दै १२ बर्ष आफुपनि आरविन्द आश्रममा अध्ययन गरेको बताउनुभयो ।
आरविन्द योग मन्दिरमा शिक्षा हासिल गररहेका बालबालिकाले विभिन्न सास्कृतिक नाच जस्तै शिव ताण्डव ,लगाएतका नाचहरु समेत प्रस्तुत गरेका थिए ।
सघिय साम्सद तिलक महतले जनप्रतिनिधिहरु समेत एकचोटि आरविन्द आश्रममा भम्रण गर्नुपर्ने बताउनुभयो । असाहयको साहारा बनेको यो आश्रमलाई सदैव सहयोग गर्न आफू प्रतिवद रहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित सम्पुर्ण सरोकारवाला ब्यक्तिहरुले आश्रमले गरेका कार्यको प्रशंसा गरेका थिए ।कार्यक्रममा सम्पुर्ण सरोकारवाला ब्यक्तिहरुको उपस्तिथि रहेको थियो । अरविन्द योग मन्दिरकोे शाखा कार्यालय मध्यविन्दु २ कोल्हुवामा अवस्थित छ ।
तपाइँको प्रतिक्रिया