नवलपुरको मुख्य नाका त्रिवेणीमा चहलपहल बढ्यो / भन्सार कार्यालले मालवस्तु जाँचपास गर्ने

ज्ञानु पंगेनी
नवलपुर , १ भदौ
पूवि नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिकाको त्रिवेणीमा रहेको त्रिवेणी छोटी भन्सार कार्यालले आईतवार देखि मालवस्तु जाँचपास गर्ने भएको छ ।
मालवस्तु जाँचपास शुभारम्भ पूर्बि नवलपरासीका सांसद तिलक महतले गरेका छन । छोटी भन्सार कार्यालयलाई २५ हजार सम्मको मालवस्तुको भन्सार गर्ने अधिकार दिएको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले वताए ।
नवलपरासी पूर्व नवलपुर अन्र्तगत पर्ने त्रिवेणी छोटी भन्सार कार्यालयलाई गण्डकी प्रदेशको मुख्य नाकाको रुपमा लिईएको छ । भारत संग जोडिने त्रिवेणी नाका र चिनको तिब्बत संग जोडिने कोरला जोडने गरि कालिगण्डकी करीडोरको बिकास गरिरहेको छ । दुई देशलाई जोडने सबैभन्दा नजिकको दुरी भएको नाकाको रुपमा समेत हेरीएको त्रिवेणी नाकालाई छोटी भन्सारको रुपमा स्तोरन्नती गरि जाच पास शुरु गरिए संगै अब यस नाकामा चहलपहल बढेने अपेक्षा गरिएको छ ।
मालवस्तु जाँचपास सुवारम्भ कार्यक्रमा साँसद महतले गन्डकी प्रदेशको मुख्य भन्सार नाकाको रुपमा रहेको त्रिवेणी भन्सारको स्तर उन्नतिले त्रिवेणी क्षेत्रका उद्योगि ब्यबसायीलाई सहजता हुने वताए । गन्डकी प्रदेशमा पर्ने मुख्य भन्सार नाकाका लागि त्रिवेणी दुम्किवास सड्क खोल्नुको विकल्प नभएको हुदा सरकारको पहिलो एजेन्डा भएको वताए ।
कार्यक्रममा गन्डकी प्रदेशका प्रदेश सभासद रोशन वहादुर गाहा, प्रदेश ५ का प्रदेश सभासद अजय वहादुर शाही , प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की , स्थानिय चिरन्जिवि ढुङ्गाना, भारत वाल्मीकी नगरका स्थानिय अजय झा लगायतले त्रिवेणी मालवस्तु जाँचपास सुरु हुनेले त्रिवेणी र भारत वाल्मीकी नगर लगायतका उद्योगि ब्यवसायीहरुलाई सहजता हुने वताएका छन ।
त्रिवेणी भन्सारवाट विगतमा सवारी साधानको जाँचपास र ५ हजार सम्मको मालवस्तु जाँचपासमात्र हुने गरेकोमा अवदेखि २५ हजार सम्मको मालवस्तुको जाँचपास सुरु भएको छ । त्रिवेणी छोटी भन्सार हाललाई महेशपुर भन्सार कार्यालयको मातहतमा रहने र महेशपुर भन्सारकै कर्मचारीले पालैपालो हेर्ने ब्यवस्था मिलाएको महेशपुर भन्सार कार्यालयका प्रमुख शर्माले वताए ।
तपाइँको प्रतिक्रिया