नवलपुरमा असार २७ गते सम्म निषेधाज्ञा, सवारी सञ्चालनको लागि यस्तो गरियो निर्णय

गैँडाकोट, १७ असार ।
नवलपुरमा असार २७ गते सम्म निषेधाज्ञा थप गरिएको छ । निषेधाज्ञा थप गर्दै जिल्ला प्रशासन कार्यालय नवलपुरले निजी २ पाङ्ग्रे सवारी र चार पाङ्गे सवारी साधन चलाउन पाउने निर्णय भएको छ । यस्तै भाडाका सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनु भयो । ३ पाङ्ग्रे ट्याम्पो रुट परमिट अनुसार तोकिएको क्षेत्रमा मात्रै सञ्चालन गर्न पाईने भएको छ ।
तपाइँको प्रतिक्रिया