नवलपुरमा आज १ सय ५ जना कोरोना संक्रमण बिरामि निको भए

हिमा अर्याल, गैँडाकोट, ३ जेठ ।
नवलपुरमा आज सोमबार १ सय ५ जना कोरोना संक्रमण बिरामि निको भएका छन् । निको हुनेमा गैँडाकोट नगरपालिकाका ३१, देवचुलिका ११, कावासोतिका ३४, मध्यविन्दुका ११, विनयी त्रिवेणी गाँउपालिकाका १४, बुलिंगटारमा १, अन्यमा ३ जना सहित १ सय ५ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । यस संगै कोरोना भाइरसको दोश्रो लहर सुरु भए संगै अहिले सम्म ६ सय विरामि निको भएको पनि स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । गैँडाकोट नगरपालिकामा सक्रिय संक्रमित संख्या ३ सय ९४ पुगेको छ । दोश्रो लहरको संक्रिय संक्रमितको सख्या जिल्लामा १ हजार ८९ पुगेको रिपोर्टमा उल्लेख छ ।
यसैविच आज जिल्लामा १ सय २१ जनामा कोरोना भाईरस संक्रमण थपिएका छन् । गैँडाकोट नगरपालिकाका १८, देवचुलिका १२, कावासोतिका ४४, मध्यविन्दुका २०, विनयी त्रिवेणी गाँउपालिकाका २१, हुप्सेकोटका ४, बुलिंगटारमा १, बौदिकालिमा १ सहित १ सय २१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण जिल्लामा आज २ जनाको मृत्यु भएको छ । वैशाख १ गते यता ज्यान गुमाउनेको सख्या भने २३ पुगको छ ।
तपाइँको प्रतिक्रिया