नवलपुरमा आज १ सय १६ जनाले कोरोनालाई जिते, गैँडाकोटमा ४२ जनामा संक्रमण पुष्टि हुदा ४८ जना निको

हिमा अर्याल, गैँडाकोट, ६ जेठ ।
गैँडाकोटमा आज बिहिबार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आज ४८ जना निको भएका छन् । यस्तै कावासोतीमा २८, देवचुलीमा ९, मध्यविन्दुमा ८, विनयी त्रिवणीमा १९, हुप्सेकोटमा ३ अन्यमा १ सहित आज नवलपुरमा १ सय १६ जनाले कोरोनालाई जितेका छन् ।
गैँडाकोटमा दोश्रो लहर पछाडि ६ जनाको मृत्यु भएको छ । नवलपुर जिल्लामा आज ८१ जना थपिएका छन् । दोश्रो लहर सुरु भए यता जम्मा सक्रिय संक्रमित १ हजार ७८ पुग्दा जिल्लामा ९ सय ९ जना निको भएका छन् । आज थप दुई जनाको मृत्यु भए संगै बैशाख यता अहिले सम्म जिल्लामा ३२ जनाको मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रिया