नवलपुरमा आज १ सय ३३ निको हुदा १ सय ३२ थपिए, गैँडाकोटका मात्रै ७२ जनामा संक्रमण ।

गैँडाकोट, १० बैशाख ।
गैँडाकोटमा सोमबार ७२ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार जिल्लामा सोमबार १ सय ३२ जना संक्रमित थपिएका छन् । देवचुलि नगरपालिकामा १०, कावासोति नगरपालिकामा २०, मध्यविन्दुमा १६, विनयीमा १२, हुप्सेकोटमा २ सहित १ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै जिल्लामा सोमबार १ सय ३३ जना संक्रमित निको भएका छन् ।
जसमा गैडाकोटका ५७, देवचुलिका ३, कावासोतीका २०, मध्यविन्दुका १४, विजयी त्रिवेणीका ९, बौदिकाली गाँउपालिकाका २३, बुलिङटारका १ र अन्यका ६ सहित १ सय ३३ संक्रमित निको भएका छन् । सोमबार १ जनाको मृत्यु भएको छ भने जिल्लामा सकृय संक्रमितको सख्या १ हजार ४१ पुगेको छ ।
तपाइँको प्रतिक्रिया