नवलपुरमा ७४ जनामा कोरोना संक्रमण, गैँडाकोटका मात्रै ५७ जनामा संक्रमण

गैँडाकोट, १० जेठ ।
नवलपुरमा आइतबार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गैँडाकोट नगरपालिकामा आज ५७ जनामा संक्रमण पुष्टि भएको छ । देवचुलिमा १, कावासोतीमा १, विनयी त्रिवेणीमा १५ सहित ७४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । जिल्लामा आइतबार ८९ जना निको भएका छन् ।
निको हुनेमा गैँडाकोटका ४०, देवचुलिका १५, कावासोतीका २१, विनयी त्रिवेणीका ९, हुप्सेकोटका २ र अन्यमा २ सहित ८९ जना निको भएका हुन् । यो संगै जिल्लामा निको हुनेको सख्या ११ सय ९५ पुगेको छ । आइतबार जिल्लामा मृत्यु हुनेको सख्या ० रहेको छ । दोश्रो लहरको कोरोना सुरु भए यता ३३ जनाको मृत्यु भएको छ । सोमबारको अपडेट बेलुका ५ बजे पछि आउने स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
तपाइँको प्रतिक्रिया