नवलपुरमा एक दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

चैत्र ९, कावासोती
नवलपुरमा एक दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । जिल्लाको कावासोती नगरपालिका २ मा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् नवलपुरको आयोजनामा उक्त तालिम दिइएको छ । कार्यक्रम जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् नवलपुरकी अध्यक्ष खगीसरा गुरुङको सभाध्यक्ष्ता एवम् मध्यविन्दु नगरपालिकाका निवर्तमान उपप्रमुख ओमकुमारी थनेतको प्रमख आतिथ्यता रहेको थियो ।
तालिममा नवलपुर जिल्लाका ५० जना भन्दा धेरै आदिवासी जनजाति महिला हरुको सहभागिता रहेको थियो । नेपाल आदिवासी जनाजाति महासंघ नवलपुरका अध्यक्ष रामव्लोन तामाङ र नेपाल आदिवासी जनजाति गण्डकी प्रदेशका सल्लाहकार केवी रानाले प्रशिक्षण दिएका थिए । अझैपनि आदिवासी जनजाति महिलाहरुले आफ्नो परिचय समेत दिन नसक्ने अवस्थामा रहेको हुँदा महासंघले तालिमको आयोजना गरेको हो । सार्वजनिक सरोकारका विषयमा स्थापना भएका विभिन्न सरकारी तथा गैरसरकारी निकायका विभिन्न संयन्त्रहरुमा आदिवासी महिलाहरुको अर्थपुर्ण सहभागिता तथा प्रतिनिधित्व गराउने उद्देश्यले नेतृत्व विकास तालिम आयोजना गरिएको जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् नवलपुरकी अध्यक्ष खगीसरा गुरुङले बताउनु भयो । सहभागी महिलाहरुलाई सामाजिक परिवेश तथा गरिबी,पहुँच तथा नियन्त्रण,स्थानिय निकाय तथा संरचना विश्लेषण,गरिबीका आयामहरु,मानव अधिकारमुखी अवधारणाको विकास,विकास र अधिकारको बुझाई,अवधारणाको क्रमबद्ध विकास,प्रतिनिधित्व र सहभागिता,तह,अभ्यास र महत्व,नेता र नेतृत्व,बैठक र यसको महत्व,नेताको गुण शैली र भमिका,नेतृत्व विकास र उत्प्रेरणा र उत्प्रेरणाका तत्वहरु लगायत विषयमा प्रशिक्षणद्धय तामाङ र रानाले प्रदान गर्नु भएको थियो । कार्यक्रम कावासोती २ हिकोडेफमा भएको थियो ।
तपाइँको प्रतिक्रिया