नवलपुरमा जम्मा २४ जनामा संक्रमण, निको हुने १ सय २३ ।

गैँडाकोट, १६ जेठ ।
नवलपुरमा पछिल्लो २४ घण्टामा जम्मा २४ जना मा कोभिड संक्रमण पुष्टि भएको छ । गैँडाकोटमा १२ जनामा संक्रमण पुष्टि भएको छ । कावासोतीमा ३, मध्यविन्दुमा १, विनयी त्रिवेणीमा ६, हुप्सेकोटमा १ र बौदिकालिमा १ सहित २४ जनामा संक्रमण पुष्टि भएको हो । निको हुने को सख्या भने जिल्लामा १ सय २३ रहेको छ । गैँडाकोटका २४, देवचुलिका १५, कावासोतीका ४३, मध्यविन्दुमा १५, विनयी त्रिवेणीमा १९, हुप्सेकोटमा ४, बुलिङटारमा १ र अन्यमा २ जना निको भएका हुन् ।
पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् । दोश्रो लहर सुरु भए संगै जिल्लामा अहिले सम्म निको हुनेको सख्या १८ सय नाघेको छ । अहिले सम्म १८ सय ९५ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको सख्या ९ सय ७५ रहेको छ ।
तपाइँको प्रतिक्रिया