नवलपुरमा ट्राफिक सचेतनाः दुर्घटना न्यूनीकरण गर्न कुच्चिएका मोटरसाईकल

नवलपरासी, २१– असार ।
सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न कार्यक्रम संचालन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सचेतना मुलक ट्राफिक बोर्ड राख्ने कामलाई अगाडी बढाएको छ ।
पूर्वी नवलपरासी अन्र्तगत पर्ने पूर्व पश्चिम रार्जमागमा सचेतनामलक र दुर्घटनाको साङकेतिक अर्थ राख्ने बिग्रीएको र कुच्चिएको मोटरसाईकल राखेर चालकलाई सचेत गराईएको छ । जिल्लाको बढि दुर्घटना हुने क्षेत्रमा पोल गाडेर एकै रङ्गका मोटरसाईकल झुन्डाएर राखिएको छ ।
विशेष गरी बढी दुर्घटना हुर्ने दाउन्ने क्षेत्र र बढी जंगल भएको रार्जमाग क्षेत्रमा यस्तो चेतावनी मुलक चिन्ह राखिएको छ । दाउन्ने, अरुणखोला चोरमारा क्षेत्रका जंगल गरि अहिले चार स्थानमा यसरी साङकेतिक चिन्ह राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका प्रमुख लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।
जहाँ बढि दुर्घटना हुन्छ ती स्थानमा बिग्रीएको र कुच्चिएको मोटरसाईकल राखेर सवारी चालकलाई दुर्घटनाबाट जोगिन सचेत गराउने उद्देश्यले साङ्केतिक चिन्ह राखिएको शाहिले बताए । “हामीले राखेको चिन्हमा चालकको नजर परेपछि त्यसले एक पटक सोच्न बाध्य हुन्छ, सहि तरीकाले सवारी नचलाए दुर्घटनामा पर्न सक्निछ भनेर” शाहीले भने ।
नवलपरासी पूर्व जिल्ला प्रदेश नम्बर चार कै सबै भन्दा बढी दुर्घटना हुने जिल्ला हो । दाउन्ने क्षेत्रको १४ किलोमिटरको दुरीमा सबैभन्दा बढि दुर्घटना हुने गर्दछ । त्यसपछि दुम्किवास, चोरमारा, अरुणखोला र कावासोतीको खरकट्टा र गैडाकोटको जंगल क्षेत्रमा बढि दुर्घटना हुने गरेको शाहीको भनाई छ ।
चालु आर्थिक वर्षको जेठ मसान्त सम्म मात्रै नवलपुरमा एक सय २ दुर्घटनामा ५८ जनाको मृत्यु भएको छ भने १ सय ५० जना घाईते भएका छन् ।
तपाइँको प्रतिक्रिया