नवलपुरमा पौडी खेल्ने क्रममा हराएका एक युवकको शव भेटियो ।

नवलपुर, ८ असार ।
नवलपुरको विनयी त्रिवेणी गाँउपालिकाकामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर –३, स्थित होङ्सी गेट नजिकै डुमे्रखोलाको ड्याममा पौडी खेल्ने क्रममा २१ वर्षिय लक्ष्मण बोहोराको मृत्यु भएको नवलपुर प्रहरीले जानकारी दिएको छ । ती युवक बझाङ बेहुलीकोट भएको जनाईएको छ ।
डुमे्रखोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका बोहोराको खोज तलासका क्रममा शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी निरीक्षक मधुसुधन सिंहले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया