नवलपुरमा रहेको विनयी खोला तर्ने क्रममा बगाएपछि श्रीमान श्रीमतीको मृत्यु

गैँडाकोट, ५ कार्तिक ।
नवलपुरको विनयी त्रिवेणी गाँउपालिकामा रहेको विनयी खोला तर्ने क्रममा बगाउदा श्रीमान श्रीमती कै मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका ५ बस्ने ५० वर्षीय रुक बहादुर चौहान र उनकी श्रीमती ४५ वर्षीय डकुमाया चौहानको खोलाले बगाएपछि डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीका अनुसार उनिहरु पाल्पा माथागढी ७ बाट घर फर्कदै थिए । उनिहरुको शव बुधबार दिउसो फेला परेको थियो ।
तपाइँको प्रतिक्रिया