नवलपुरमा शुक्रबार ७५ जना संक्रमित थपिए

गैँडाकोट, ११ असार ।
नवलपुरमा शुक्रबार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा गैँडाकोटका १४, देवचुलिका १, कावासातीका १६, विनयी त्रिवेणीका ३, हुप्सेकोटमा १४, बुलिङटारमा १, बौदिकालिमा २३ र अन्यमा ३ सहित ७५ विरामि थपिएका हुन् । पछिल्लो २४ घण्टामा निको हुने को सख्या भने ४२ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । गैँडाकोटका ५,देवचुलीका १९, कावासोतीका ८, मध्यविन्दुका ७, विनयी त्रिवेणीका १, हुप्सेकोटका १, बौदिकालिका १ जना निको भएका हुन् ।
जिल्लामा सक्रिय संक्रमितको सख्या भने ३ सय ६५ रहेको छ । थप २ जनाको मृत्यु संगै बैशाख यता दोश्रो लहर कोभिड १९ बाट ८३ जनाले ज्यान गुमाएका छन् । ४ हजार ५ सय ४१ संक्रमित मध्ये हाल सम्म ४ हजार ९३ जना निको भएका हुन् । जम्मा संक्रमितको सख्या भने ७ हजार ६० पुगेको छ ।
यसैविच देशभर पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । यस्तै ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् ।
तपाइँको प्रतिक्रिया