नवलपुरमा शुक्रवार ६९ जना निको, देशभर २,७६८ जनामा संक्रमण ।

गैँडाकोट, ४ असार ।
नवलपुरमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिएका छन् । गैँडाकोट नगरपालिकाका ४, देवचुलिका ४, कावासोतीका ६, मध्यविन्दु ४, विनयी त्रिवेणीमा ५ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा सक्रिय संक्रमितको सख्या ४ सय ६८ पुगेको छ । शुक्रबार ६९ जना निको भएका छन् । यो संगै जिल्लामा निको हुनेको सख्या ३ हजार ७ सय पुगेको छ । शुक्रबार निको हुनेमा गैँडाकोटका १५, देवचुलिका ४, कावासोतीका १०, मध्यविन्दुका १०, विनयी त्रिवेणीका ६ र बुलिंटारका २४ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । शुक्रवार १ जनाको मृत्यु भए संगै मृत्यु हुनेको सख्या बैशाख यता ७४ पुगेको छ । देशैभर भने पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ भने ४०२० जना संक्रमणमुक्त भएका छन् ।
तपाइँको प्रतिक्रिया