नवलपुरमा सवारी दुर्घटना –३ जनाको मृत्यु १ गम्भीर घाइते

सबिता तिवारी
गैंडाकोट जेष्ठ–१६
पश्चिम देखी पुर्व तर्फ जादैं गरेको ना ४ ख ५२९५ नम्बरको यात्रु बाहक बस र पुर्व बाट पशिच्म तर्फ जादैं गरेको ना २ ख ४८९० नम्बरको ट्रक देबचुली नगरपालिका २ को राजमार्गमा पर्ने हमालचोकमा ठेकीएको छ । दिउसोको करीब १२ बजे कोककोला लिएर पुर्व बाट पशिच्म तर्फ जादैं गरेका ट्रक र यात्रु बोकेर पश्चिम देखी पुर्व तर्फ जादैं गरेका बस एक आपसमा ठोकीएको हो । दुर्घटनामा परि २२ जना घाईते भएका छन् । जसमध्य ३ जनाको मृत्यृ भएको हो । दुर्घटनामा परि गम्भिर घाईते भएर पुरानो मेडिकल कलेज भरतपुर पुर्याईएका २ जनाको उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यलय रजहरका प्रहरी सहायक निरिक्षक धुव्र पौडेलले जानकारी दिनुभयो । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वार्ड नम्बर १४ बस्ने ६५ बर्षिया कुमारी सुनारी र गैडाकोट नगरपालिका वार्ड नम्बर १८ बस्ने ७० बर्षिया जमुना मापछन रहेको प्रहरिले जनाएको छ । यसैगरी मनकामना अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको सनाखत भएको छैन ।
चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरुमा कावासोती न.पा.२ बस्ने बर्ष अनिता भण्डारी , गैडाकोट भेडाबारी बस्ने होम बहादुर पाटा, देबचुली १७ पिप्रहर बस्ने बर्ष ४० की शुसिला महतो , गैडाकोट १४ अमरापुरी बस्ने बर्ष ५९ का ईन्द्र बहादुर सुनारी , कावासोती १३ बस्ने बर्ष १८ को मनिस गुरुङ , चितवन कालिका न.पा.९ शक्तिखोर बस्ने बर्ष ५० की शुसिला गुरुङ, सोही स्थान बस्ने बर्ष २५ की सृजना गुरुङ , बर्ष २ को साईमन गुरुङ , कावासोती न.पा.४ बस्ने बर्ष ७० को बाबुराम लोहनी रहेका छन् ।
यसै गरि मनकामना अस्पताल भरतपुरमा उपचाररत घाईतेहरुमा कावासोतीकि बिमला के.सी. , दिपक के.सि. , देवचुली न.पा. जसबहादुर अधीकारी, देबचुलिकै बर्ष ३७ का रामु काफ्ले , कावासोती न.पा.४ बस्ने बर्ष ३५ कि देबि गुरुङ , देवचुली न.पा.१३ बस्ने बर्ष ३६ कि सपना काफ्ले , चितवन खुरखुरे बस्ने बर्ष ३७ कि अप्सरा उप्रेती , गितानगर बस्ने बर्ष २५ को राजन अधिकारी , चितवन सिमलटाडी बस्ने बर्ष १९ को सागर काफ्ले , देबचुली न.पा.२ दुम्कौली बस्ने बर्ष ३० को कृष्ण नेपाली , रजहर बस्ने बर्ष ६३ कि प्रिति तामाङ र नाम थर ठेगाना खुल्न नसकेकी अन्दाजी ४० बर्षिया एक महिला रहेका छन् । यसै गरि प्राथामिक स्वास्थ्य केन्द्र दुम्कौलीमा कावासोती १६ बस्ने बर्ष १८ कि दिपा देवकोटाको उपचार भैइरहेको छ । बस र ट्रकका चालकहरु प्रहरिको नियन्त्रणमा रहेको प्रहरिले जनाएको छ ।
तपाइँको प्रतिक्रिया