नवलपुरमा १० दिन निषेधाज्ञा थपियो, तरकारी तथा खाद्य सामग्री विक्रिमा पनि थप कडाई

गैँडाकोट, ३ बैशाख ।
नवलपुरमा १० दिन निषेधाज्ञा थप भएको छ । आज बसेको विपद व्यवस्थापन समितिको वैठकले १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको वैठकले १४ गते राति १२ बजेसम्म लागु हुने गरि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनु भयो । तरकारी तथा खाद्य सामग्री खरिद गर्ने बाहनामा घरबाट निस्कने मानिसहरुले संक्रमण फैलाएको भन्दै नवलपुरमा तरकारी तथा खाद्य सामग्री पसल पनि निश्चित समयका लागि मात्र खोल्ने निर्णय भएको छ । बैंकहरु आलो पालो गरेर खोल्ने निर्णय समेत भएको पंगेनीले बताउनु भयो ।
यसबारे थप कुराकानी अहिले बेलुका ६ बजे मुकुन्दसेन टेलिभिजनको कार्यक्रम लकडाउन डायरीमा सुन्न सक्नु हुने छ ।
तपाइँको प्रतिक्रिया