नवलपुरमा १ सय ३९ संक्रमित थपिए, निको हुने ५६

गैँडाकोट, २६ जेठ ।
नवलपुरमा पछिल्लो २४ घण्टामा १ सय ३९ कोरोना संक्रमित थपिएका छन् । थपिनेमा गैँडाकोटका १३, देवचुलिका ३९, कावासोतीका ३१, मध्यविन्दुका २०, विनयी त्रिवेणीका ९, हुप्सेकोटका ३, बुलिंटारका २३ र अन्यका १ जना रहेका छन् । जिल्लामा आज ५६ जना संक्रमित निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । निको हुनेमा गैँडाकोटका ११, देवचुलीका २५, कावासोतीका ८, मध्यविन्दुका ११, विनयी त्रिवेणीका १ जना सहित ५६ जना निको भएका हुन् । जिल्लामा संक्रिय संक्रमितको संख्या ७ सय ४९ रहेको छ । आज बुधवार थप २ जनाको मृत्यु भएको छ । बैशाख यता दोश्रो लहरबाट अहिले सम्म ६२ जनाले ज्यान गुमाएका छन् ।
यसैविच देशभर बुधबार थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यस अवधिमा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएको हो। त्यस्तै यस अवधिमा ५ हजार ७६८ जना कोरोनाबाट मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मृतक ८१ जनामा कोरोना पुष्टि भएको छ। देशभर हालसम्म कोरोनाबाट ८ हजार १७९ जनाको मृत्यु भएको छ।
तपाइँको प्रतिक्रिया