नवलपुरमा १ हजार १ सय ६ ले कोरोनालाई जिते, आज १ सय २९ संक्रमित थपिए ।

हिमा अर्याल,गैँडाकोट, ८ जेठ ।
पछिल्लो २४ घण्टामा नवलपुरमा शनिबार १ सय २९ कोरोना संक्रमित थपिएका छन् । गैँडाकोटमा १९, देवचुलिमा १५, कावासोतिमा ४५, मध्यविन्दुमा २४, विनयी त्रिवेणीमा १५, हुप्सेकोटमा ३ र अन्यमा ३ जना सहित १ सय २९ जनामा संक्रमण पुष्टि भएको हो । शनिवार कोरोना निको हुनेको संख्या ६७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ ।
गैँडाकोटमा ८, देवचुलिका ११, कावासोतिका २८, मध्यविन्दुका ५, विनयी त्रिवेणीका १२ र अन्यका ३ सहित जिल्लामा ६७ जना निको भएको स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको हो । दोस्रो लहर संगै संक्रमित भइ निको हुनेको जम्मा संख्या ११०६ पुगेको छ । आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको संख्या ३० रहेको छ भने होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या १०३० रहेको छ । कारोनाको दोस्रो लहर संगै २०७८ वैशाख १ गते देखि हाल सम्म जिल्लामा मृतकको संख्या ३३ पुगेको छ ।जिल्लामा आज थप एक जनाको मृत्यु भएको छ।
तपाइँको प्रतिक्रिया