नवलपुरमा ८ सय बढि मोटरसाइलक, ¥यालीमा सहभागि

कावासोती, ७ मंसीर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारलाई तिब्रता दिदै नवलपुरका विभिन्न पालीकामा मोटरसाइलक ¥याली निकालिएको छ । जिल्लाको सदरमुकाममा ८ सय बढी मोटरसाइलक ¥याली निकालिएको थियो । एमाले जिल्ला पाटी कार्यालयबाट शुरु भएको मोटरसाइलक ¥याली कावासोती नगरपालिकाको मुख्य राजमार्ग हुदै फलफुल चोकमा पुगेर कोण सभामा परीणत भएको थियो । कोण सभालाई राष्ट्रिय युवा संधका केन्द्रिय सदस्य मदन गिरी, बाबुराम पाण्डे र एमाले जिल्ला अध्यक्ष रोशन बहादुर गाहा मगरले सम्वोधन गर्नुभएको थियो ।
¥याली पछि आयोजीत कोण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी समेत रहनु भएका एमाले जिल्ला अध्यक्ष रोशन बहादुर गाहाले बर्तमान सरकार जनताको मतबाट नभई अध्यादेशबाट गठन भएको भन्र्दै , के पी शर्मा वलीको नेतृत्वको सरकारले ल्याएका विकासका बजेट कटौती गरी मनपरी कार्य गरेको बताउनु भयो । उहाँले अध्यादेशबाट बनेको अनैतिक गठवन्धनको सरकारलै जनपक्षिय काम गर्न नसक्ने भन्दै बर्तमान सरकारको विरोध र जनताको पाटी निर्माण गर्नका लागी समेत मंसिर १० गते एमालेको दशौं महाधिवेशनमा सहभागी हुनुपर्ने बताउनु भयो । कावासोतीमा निकालीएको ¥याली राष्ट्रिय युवा संघ नेपाल कावासोती नगर कमिटि संयोजक भीम बहादुर रिमाल (गोर्कण)को नेतृत्वमा सम्पन्न गरीएको थियो ।
गैडाकाटमा निकालिएको मोटरसाइलक ¥याली गैडाकोट नगरपालिकाका विभिन्न स्थान परीक्रमा गर्दै १० औं राष्ट्रिय महाधिवेशन स्थल चितवन पुगी मोटर साईकल ¥यालीमा सहभागिता जनाईएकोे एमाले प्रचार विभाग प्रमुख यमुनाथ आचार्यले बताउनुभयो ।जिल्लाको ग्रमिण क्षेत्रमा रहेको ह्ुप्सेकोट गाँउपालिकामा समेत मोटरसाइलक ¥याली निकालीएको थियो ।
तपाइँको प्रतिक्रिया