नवलपुर क्षेत्रमा १४ करोडको सुविधा सम्पन्न होटल बन्दै
चितवन २०, असोज
नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं. ३ ब्रहमस्थानमा १४ करोडको लगानीमा सुविधा सम्पन्न होटल निर्माण हुँदैछ । नारायण नदी किनार क्षेत्रमा दशकट्ठा साढे १७ धुर जग्गामा चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले सुविधा सम्पन्न होटल निर्माण गर्न लागेका हुन । होटल ग्रीन भिल्ला प्राइभेट लिमिटेड नाम दिइएको उक्ता होटलको निर्माणको काम सुरु भइसकेको छ । अहिले डिपिसीको काम भइरहेको होटल व्यवसायी सुरेन्द्र महतोले जानकारी दिनुभयो । उहाँका अनुसार ३० वटा फुल एयरकन्डीसन सहितको सुविधा सम्पन्न रुम, ३ सय क्षमता भएको सेमिनार हल, १ सय जना क्षमता भएको रेष्टुरेन्ट सहितको होटल निर्माण हुनेछ । होटल भित्रै स्वीमिङ पूल, फिट्नेस सेन्टर, सानो स्केलको सपिङ सेन्टर, थारु समुदायको परम्परागत खानाको व्यवस्थापन हुनेछ । यस्तै नारायणगढको पुल देखि होटल सम्म दैनिक ¥याफ्टिङको व्यवस्था,साईकिलीङ टुर, जीप सफारी, हात्ती सफारी लगायतको व्यवस्थापन गरिने हुँदा सोही अनुसारको संरचनाहरु निर्माण भइरहेका छन् । होटल परिसर भित्रै मनि एक्सचेन्ज काउण्टर, एटीएमको व्यवस्थापन हुने गरी होटलको संरचना तयार भइरहेका छन् ।
पाँच महिना भित्र होटलको सम्पूर्ण निर्माण काम सकेर होटल संचालनमा ल्याउने तयारी भइरहेको छ । नवलपुरकै सबैभन्दा सुविधा सम्पन्न होटलको रुपमा स्थापीत हुन लागेको होटल ग्रीन भिल्ला संचालनमा आए कम्तीमा ६० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् । होटल परिसरमा व्यूटिफुल गार्डेन, योगा सेन्टर, भ्यू टावर समेत निर्माण हुँदैछ । पाँच महिना भित्र होटल संचालनमा ल्याउने तयारी अनुसार निर्माणको काम धमाधम भइरहेको व्यवसायी महतोले जानकारी दिनुभयो । यो योजना सुरु भएलगतै पश्चिम चितवनको पटिहानीमा पनि सुविधा सम्पन्न होटल निर्माणको काम सुरु गर्ने तयारी छ । पश्चिम चितवनको पटिहानी स्थित राप्ती नदी किनार नजिकै होटल निर्माणकै लागि ४ विगहा १ कट्ठा जग्गा खरिद गरिसकेका छन् ।
पश्चिम चितवनमा मात्रै करिब ६० करोडको लगानीमा होटल निर्माण गर्ने योजना छ । यो होटल पनि चितवनकै नमुना र सुविधा सम्पन्न होटल बनाउने पूर्व योजना अनुसार जग्गा खरिद गरिएको उहाँले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया