नवलपुर क्षेत्र प्रदेश नंं ४को अभिन्न अङ्ग हो : एमाले नेता किरण गुरुङ्ग

कावासोती २१, नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं प्रदेश नं. ४का संयोजक किरण गुरुङ्गले नवलपुर क्षेत्र प्रदेश नंं ४को अभिन्न अङ्ग भएको बताएउनुभएको छ । संविधान जारी हुदा नवलपरासी प्रदेश नं. ४ र ५ मा बिभाजित भएको थियो । प्रदेश नंं ४मा परेको नवलपुर क्षेत्रमा तीन वटा निर्वाचन क्षेत्र र पर्यटकीय स्थल त्रिबेणीधाम सहित उत्तरी छिमेकी भारत संग जोडिएकाले यो महत्वपूर्ण भएको उहाको भनाई छ । एमाले प्रदेश नं. ४ का बैठकमा नवलपुरका अमलटारीमा आउनु भएकाका उहाले प्रेस चौतारी नेपाल नवलपरासी शाखाले आइतवार गरेको पत्रकार भेटघाटकार्यक्रममा बोल्दै सो कुरा बतानुभएको हो । लोकतान्त्रिक संबिधानको सुन्दर पक्ष भनेको आबद्यिक निर्वाचन प्रणाली भएकाले त्यो राजनैतिक सहमति भन्दा पनि माथि रहेको बताउदै नवलपुर प्रदेश नं. ४ को अभिन्न अंगको रुपमा नवलपुरलाई जिल्लाको मान्यता दिइ सकेको र संबिधानमा पनि दाउन्ने अनी सुस्ता देखि पूर्व प्रदेश नंं ४ किटान गरेकाले यो सिमांकनमा कुनै हेरफेर गर्न नसकिने वताउनुभयो । सहमतिको आधारमा पहिलो संबिधान सभामा जस्तो यस पटक संसदको समय नलिम्बने भएकाले १५ महिना भित्र स्थानीय तह , प्रदेश र केन्द्रको चुनाव गरेर संबिधान कार्यान्वयन गर्नुपर्ने उहाँको जोड छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र मधेशी मार्चाले प्रदेशको सिमांकनमा नवलपरासीको देखी बर्दीया सम्म एउटा प्रदेश भन्ने कुरा गरेको भन्दै उहाले प्रदेश न. ४ बाट नवलपुर क्षेत्र अलग हुन नसक्ने बताउनुभयो । संबिधान कार्यान्वयन नहुदा यो ब्यवस्था नै ‘कोल्याप्स’ हुने खतरा छ त्यसैले संबिधान कार्यान्वयनमा लाग्नु पर्ने वताउदै अहिले संबिधान संसोधन होइन कार्यान्वयन हो तर पनि औचित्यपूर्ण प्रस्ताव आए छलफल हुने वताउनुभयो
तपाइँको प्रतिक्रिया