नवलपुर खाजा घरमा जुबा तास खेल्दै गरेका ११ जना पक्राउ

गैँडाकोट, २० असार ।
नवलपुर खाजा घरमा जुबा तास खेल्दै गरेका ११ जना प्रहरीले पक्राउ गरेको छ । देवचुली नगरपालिका वडा नं १७ कुजौलीमा जीतलाल थनेतले सञ्चालन गरेको खाजा घरमा हार जित हुने गरि जुवातास खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जिल्ला नवलपरासी (पूर्व) देवचुली न.पा. १७ कुजौली बस्ने वर्ष ३१ को खोज वहादुर पन्जीयार, वर्ष ३८ को भुपेन्द्र पन्जीयार, वर्ष ४२ को पुर्ण हादुरमहतो, वर्ष ४४ को चुणामणी पन्जीयार, वर्ष ४५ को प्रेम वहादुर थनेत, वर्ष ३९ को जीतलाल थनेत, ७. ऐ.ऐ बस्ने छोरा बर्ष २७ को कमल थनेत, बर्ष ३४ को शेर वहादुर पन्जीयार, बर्ष ४० को बलिराम पन्जीयार, बर्ष ५८ को सत्य नारायण महतो, बर्ष २६ का कृष्ण थारु पक्राउ परेका हुन् । उनिहरुबाट ४३ हजार ७ सय ८५ नगद पनि बरामद गरिएको छ । उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १ सय २५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाइने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया