नवलपुर जिल्लामा १०२ जना कोरोना संक्रमित थप, पछिल्लो २४ घण्टामा २ को मृत्यु ।

हिमा अर्याल, गैँडाकोट, २२ जेठ ।
पछिल्लो २४ घण्टामा नवलपुर जिल्लामा १०२ जना कोरोना संक्रमितको थपिएका छन् । थपिनेमा गैँडाकोट नगरपालिकाका २३, देवचुलिका १६, कावासोतीका २१, मध्यविन्दुका ५, विनयी त्रिवेणी ७, हुप्सेकोटका १, बुलिङटारका २८ र अन्यमा १ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै जिल्लामा शनिवार ११९ जना कोरोना संक्रमित निको भएका छन् ।
निको हुनेमा गैँडाकोटका ५९, देवचुलिका १०, कावासोतीका २०, मध्यविन्दुमा १६, विनयी त्रिवेणीमा १२ र हुप्सेकोटका २ जना रहेका छन् ।
अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ९०५ रहेको छ । दोस्रो लहर संगै संक्रमित भइ निको हुनेको संख्या २५३९ पुगेको छ । जिल्लामा आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको संख्या ३२ रहेको छ भने होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या ८७३ रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ। आज थप २ जनाको मृत्यु भएको छ । कारोनाको दोस्रो लहर संगै २०७८ वैशाख १ गते देखि हाल सम्म जिल्लामा मृत्कको संख्या ५४ पुगेको छ । जिल्लामा हालसम्म मात्रै ५ हजार ८ सय ४२ जनाको परिक्षण गरिएको छ । कारोनाको दोस्रो लहर संगै २०७८ वैशाख १ गते देखि हाल सम्म जिल्लामा संक्रमितको संख्या ३४९८ पुगेको छ ।
तपाइँको प्रतिक्रिया