नवलपुर जिल्ला अदालतद्धारा नायक पल शाहलाई अढाई वर्ष जेल सजाय

काठमाडौं, भाद्र २१
नायक पल शाहलाई नवलपुर जिल्ला अदालतले अढाई वर्ष जेल सजाय सुनाएको छ ।
न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर सो फैसला गरेका हुन् ।
जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि पछि मुद्दा फैसला गर्दा बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरिएको थियो ।
मंगलवार न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासको बहसपछि यो फैसला भएको हो ।
यस्तै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।
एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।
नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् ।
तपाइँको प्रतिक्रिया