नवलपुर महोत्सवको चौथो दिन शनिवार दर्शकको भिड

फागुन २३ गतेवाट सुरु भएको चौथो ऐतिहासिक नवलपुर महोत्सवको चौथो दिन शनिवार दर्शकको भिड रहेको थियो ।
पुर्व राष्ट्रिय सभा सदस्य दुर्गा भट्टराई को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । शनिवार लोक दोहोरी गायक पशुपति शर्मा, दोहोरी गायक दिनेश थापा, सम्झना भण्डारी, जादुगर बलरामको प्रस्तुती र चौथो नवलपुर डान्स आईडलको समेत प्रस्तुती रहको सास्कृतिक उप समिति संयोजक गोविन्द क्षेत्रीले जानकारी दिनुभयो साथै स्थानीय कलाकारहरको प्रस्तुती रहेको थियो । चौथो दिन दर्शकको सख्यामा सत प्रतिशत बढेको मेला मुल आयोजक समिति संयोजक डासुराज पोख्रेलले जानकारी दिए । चौथो दिन लोक दोहोरी गायक पशुपति शर्मा प्रमुख आक्रषका केन्द्र बन्न पुगेका थिए । शुक्रवार करिव ८ हजार जनाले महोतसवको अवलोकन गरेको वताइएको छ । महोत्सवमा कृषि, औद्योगिकरण र स्थानीय उत्पादन गरेर २ सय ५० भन्दा बढी स्टल रहेको छ । महोत्सवमा स्थानिय, राष्टूीय एवम् अन्तर्राष्ट्रिय बजारमा उत्पादीत बस्तु तथा सेवाको कलात्मक प्रदर्शनी हुने वताइएको छ साथै महोत्सवमा विभिन्न स्थानिय बस्तुहरुको प्रदशनि, घोडा सवार, वग्गी सवार, नेपालकै होचि महिला मुख्य आकर्षणको रुपमा रहनुको साथै नवलपुर डान्स आइडल, बाल उद्यान, अष्टीज चराको प्रदशनि समेत रहेका छन् ।
शनिवार मात्र महोत्सव भित्र करीब ३५ लाख बराबर कारोवारको भएको महोत्सव संचार तथा सञ्चार उप समिति संयोजक हरीषचन्द्र पोख्रेलले जानकारी दिनुभयो । महोत्सवमा धर्मीक स्टलहरु समेत प्रदर्शनिमा राखिएको छ भने स्थानीय हस्तकलाद्धारा उत्पादित बस्तु , कृषि लगायतका बस्तु समेत प्रर्दशनिमा राखीएको छ ।
कावासोति नगरपालिका वडा नम्बर ८ मा खेल मैदानमा जारी महोत्सवमा जेष्ठ नागरीक तथा अपाङ्गता भएका व्यक्तीहरुका लागी निःशुल्क प्रवेश गरीने समेत आयोजकले जानकारी दिएको छ । यस्तै आईतबार गायिक तथा मोडल सरस्वती लामा, भावना आचार्य , दुर्गा सापकोटाको साथै चौथो नवलपुर डान्स आईडलको समेत प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । महोत्सव चैत ४ गते सम्म सञ्चालन हुनेछ ।
तपाइँको प्रतिक्रिया