नवलपुर युथ क्लवद्धारा अपाङ्ग जिवन विकास सस्थालाई न्यानो कपडा तथा खाद्यान्न सहयोग

गैँडाकोट, ११ मंसिर ।
नवलपुर युथ क्लवले शनिबार गैँडाकोट १ स्थीत अपाङ्गजिवन विकास सस्थामा न्यानो कपडा वितरण गरेको छ । देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकमबाट खाद्यान्न सहित न्यानो कपडा वितरण गरिएको सस्थाका अध्यक्ष पुष्पा थापा मगरले जानकारी दिनु भयो । क्लवले यसवर्षको देउसी भैलोबाट संकलित रकमबाट १५ हजार बराबरको खाद्यान्न र न्यानो लुगा सहयोग गरेको अध्यक्ष मगरले जानकारी दिनु भयो । क्लवले देउसी भैलोबाट ४२ हजार रकम संकलन गरेको थियो । यसबाट बाकि भएको रकम पनि अन्य क्षेत्रमा सामाजिक कार्यमा नै खर्च गर्ने क्लवले जनाएको छ ।
शनिबार सम्पन्न सहयोग हस्तान्त्रण कार्यक्रमका प्रमुख अतिथी वडा नं १ का वडाध्यक्ष हरिप्रसाद सापकोटाले अशक्त व्यक्तिहरुलाई चिसोको समयमा लुगा सहित खाद्यान्न उपलव्ध गराएर निकै सरहानीय कार्य क्लव गरेको भन्दै धन्यवाद दिनु भयो । चाडपर्व तथा जन्मदिन मनाउनमा गरिने फजुल खर्ज सामाजिक सेवा गरिरहेको अपागं जिवन विकास सस्थामा सहयोग गर्न सके पुन्य मिल्ने धारणा राख्दै वडाध्यक्ष सापकोटाले सहयोग गर्न सवैलाई आग्रह गर्नु भयो । कार्यक्रमको सञ्चालन रोशन दर्लामि मगरले गर्नु भएको थियो । अपागं जिवन विकास सस्थामा हाल सुस्त मनस्थीति भएका २२ जना बालबालिकाहरु रहेका छन् ।
तपाइँको प्रतिक्रिया